अजमल अन्सारी
>
सुनसरी । सीमा क्षेत्रमा सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बल र भारतका सीमा सुरक्षा बलले संयुक्तरुपमा निगरानी बढाइएको छ । सुनसरीमा हात हतियारको गतिविधि र चोरी तस्करीलाई न्यूनीकरण गर्न दुवै देशका सुरक्षा बलले संयुक्तरूपमा निगरानी बढाइएको हो । >
सुनसरीको ग्रामीण क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको सीमा क्षेत्रमा रहेको मित्र राष्ट्र भारतको बिहार राज्यमा रहेको अररिया जिल्लाको बसमतिया देखी पूर्व, उत्तर सीमा क्षेत्रहरु खुल्ला सिमाना भएकाले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पाेष्ट उल्टी र सीमा सुरक्षा बल (एसएसबी) बसमतियाले दुबै एकअर्काको सहयोगले संयुक्तरूपमा अवैध गतिविधिहरुलाई रोक्न सफल भइरहेका छन् ।>
शुक्रबार संयुक्त सुरक्षाबलले जसमा सशस्त्र प्रहरी बलका जवान युवराज कार्की सहित ५ जवान र एसएसबीका ६ जना सुरक्षाकर्मीहरुले पिलर संख्या १९६ देखि १९७ सम्म सीमा क्षेत्रमा एकैसाथ पेट्रोलिंग गरेका थिए ।>
उक्त पेट्रोलिंगको मुख्य उद्देश्य सीमा क्षेत्रमा बसोबास गर्ने जनताहरुलाई सुरक्षाप्रति विश्वास बढाउन, सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने र अवैध गतिविधिहरुलाई रोक्न प्रयास गरेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट उल्टीका प्रहरी सहायक निरीक्षक ईश्वर खकुरेलले बताए । >
खकुरेलले संयुक्त टोलीद्वारा पेट्रोलिंग गरी दुबै देशबीच मेलमिलाप भाईचारा एवं सुरक्षा सदैव कायम रहोस् भन्ने भावनाका साथ हरेक महिनामा प्रत्येक हप्ताको एकदिन गरि प्रत्येक महिनामा जम्मा चार पटक संयुक्तरूपमा उक्त सीमामा निगरानी गर्दै आएको जानकारी दिए ।>
>>