ज्ञानेन्द्र शाहीको व्यंग्य- सरकारले नेपाल भ्रष्टाचारीको देश हो भनेर गिनिज बुकमा नाम लेखाओस्

Jasus Khabar 3925+ समाचार ( )
३१ आषाढ २०८२

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले वर्तमान सरकारले भ्रष्टाचारीको सरकार हो भनेर गिनिज बुकमा नाम लेखाउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् भ्रष्टाचार गर्ने ठाउँ मात्रै भएको बताएका हुन् ।

‘पहिला-पहिला एउटा चलन थियो अहिले पनि छ । ज्ञान नपाए काशी जानु, न्याय नपाए गोरखा जानु, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानु । खुलमखुला मन्त्री क्वार्टरमा गएर पैसा दिइएको छ । मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएका छौँ, यो देशमा । अख्तियारले के गरेर बसेको छ ?,’ उनले भने । 

घुस प्रकरणको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । सांसद शाहीले राजीनामा दिएर मात्र नहुने र मन्त्री गुप्तालाई पक्राउ गर्नुपर्ने बताए । ‘राजीनामा दिँदैमा समाधान हुँदैन । तत्काल पक्राउ गरेर छानबिन गरियोस् । उनीहरूमाथि छानबिन गरियोस् । गिनिज बुकमा नाम लेखाउनुस् । अहिलेको सरकारले भ्रष्टाचारीको पनि देश हो भनेर नाम लेखाओस्,’ उनले भने । 

प्रतिक्रिया