>
उपराष्ट्रपति रामसहाय प्रसाद यादवको चीन भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको चीन भ्रमण स्वीकृत गरेको हो । >
चीनको कुनमिङ सहरमा २०८० साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने ७औँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना ९कुनमिङ० इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन राष्ट्रपतिको चीनको भ्रमण स्वीकृत गर्ने,ू मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
>
एक्स्पोमा सहभागी हुन उपराष्ट्रपति यादवको टोली साउन २९ गते त्यसतर्फ प्रस्थान गर्ने छ । उपराष्ट्रपति भएपछि यादवले गर्न लागेको यो पहिलो विदेश भ्रमण हो । >>