पौडी सिक्न गएका बालकको पोखरीमा डुबेर मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
२६ आषाढ २०८२

पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु भएको छ। यहाँस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो। प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताउँदै उनले भने, 'अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जानकारी दिएको छ।' रासस

प्रतिक्रिया