चितवनको देवघाटधाममा साउने मेला सुरु भएको छ । मेला भर्न बिहानैदेखि भक्तजनको भिड लागेको छ । बिहीबारदेखि नै बोलबम मेला पनि सुरु भएको छ । >
भक्तजनहरूले देवघाटमा स्नान गरी शिवालयमा जल चढाउने तथा शिवको आराधना गर्ने गर्छन् । साउन महिनालाई शिवको प्रिय महिना मानिन्छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार साउनमा करिब पाँच लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । >
सोमबार अधिक भक्तजन आउने अपेक्षा छ । भक्तजनको भिडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । साउन महिनामा स्नान गरी व्रत बसेर देवघाटको जल र बेलपत्रले शिवको पूजाआराधना गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । >>