टप इन्ड टी– २० सिरिज: लगातार तीन खेल हारेको नेपाल आज होबार्ट हरिकेन्स खेल्दै

Jasus Khabar 3925+ समाचार ( )
३ भाद्र २०८२

अस्ट्रेलियामा जारी टप इन्ड टी– २० सिरिजमा नेपालले आज होबार्ट हरिकेन्स एकेडेमीसँग खेल्दै छ । यो खेल नेपाली समयअनुसार आज बिहान ११:१५ बजेबाट डार्बिनमा हुनेछ ।

जारी सिरिजमा नेपालले तीन खेल खेलेको छ । ती सबै खेलमा पराजित भएको नेपालले आज चौथो खेल खेल्न लागेको हो । नेपाल पहिलो खेलमा एनटी स्ट्राइक्ससँग, दोस्रो खेलमा बंगलादेश ‘ए’सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

नेपालले आगामी विश्वकप छनोट खेलको अभ्यासका लागि सिरिजमा भाग लिइरहेको छ ।

नेपालले सिरिजमा भोलि मेलबर्न रेनेगेड्स एकेडेमी र २२ अगस्टमा पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

११ टोली सहभागी सिरिजको अंक तालिकामा नेपाल १०औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार