११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गोल्स फाउन्डेसनले विवाहित महिला अन्तरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । महिला सशक्तीकरण विषयमा आयोजित प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।>
प्रतियोगितामा मोरंग, विराटनगर महानगरपालिका, बूढीगंगा गाउँपालिका, सुनसरीको, दुहवी नगरपालिका, जहदा गाउँपालिका, र ग्रामथान गाउँपालिकाका, विभिन्न विद्यालयका विवाहित शिक्षिका तथा महिलाहरूका सहभागीता रहेको थियो ।
>
गोल्स फाउन्डेसनकी अध्यक्ष पूजा विश्वासको अध्यक्षतामा कार्यक्रममा संचालन भएको थियो । कोशी प्रदेशकी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री, सुनिता गुरू प्रमुख अतिथि र अभिषेक गिरी फाउन्डेसनका संयोजक अभिषेक गिरी विशिष्ट अतिथिमा रहेका थिए ।
>
कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गोल्स फाउन्डेशन, ओरेक नेपाल, जीवन विकास लघुवित्त वित्तीय संस्था संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका थिए ।
>
प्रतियोगितामा विराटनगर महानगरपालिकास्थित सत्यनारायण माविकी शिक्षिका कल्पना तिम्सिना प्रथम,त्यसैगरी ग्रामथाम गाउँपालिका स्थित पब्लिक सेकेन्डरी स्कुलकी शिक्षिका शशिकला थापा, द्वितीय, जहदा गाउँपालिका बुद्धेश्वरी माविकी शिक्षिका मधु झा तृतीय भएका थिए ।
>
महिला सशक्तिकरण शीर्षकमा प्रत्येक प्रतियोगीलाई वक्तव्य दिन सात मिनेट समय दिइएको थियो । प्रतियोगी मूल्याङ्कनका लागि सम्बन्धित क्षेत्रमा कार्यरत तीन जना विज्ञ टोली बनाइएको थियो ।
>
कार्यक्रममा राज्यमन्त्री गुरुङले महिला सशक्त नभईकन, महिला आफैँ अगाडि नबढेसम्म समुन्नत समाजको कल्पना गर्न नसकिने बताउनुभयो ।
>
दिवसका अवसरमा फाउन्डेसनले ¥यालीसमेत निकालेको थियो ।
>>