अजमल अन्सारी>
सुनसरी । कोशी प्रदेशसभा सदस्य डाक्टर हाजी इस्राइल मन्सुरीले खेलकुद पूर्वाधारको विकासमा आफू विशेष रूपमा प्रतिबद्ध रहेको बताएका छन्।>
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-८ सोनयाही स्थित तुफान युवा क्लबले आयोजना गरेको चाैथाै नकआउट फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै खेलकुदको विकासमा आफुले अग्रसर रहेको बताउनुभएको छ ।>
>
वहाँले जिल्लाको विभिन्न स्थानमा खेलमैदानको विकास र स्तरउन्नतिको आवश्यकता रहेको उल्लेख गर्दै सभा सदस्य मन्सुरीले प्रदेश सरकारमार्फत खेलकुद क्षेत्रलाई सुदृढ बनाउने तयारी गरिएको जानकारी दिए।>
>
"युवा पुस्तालाई नशा, बेरोजगारी र विकृतिबाट जोगाउन खेलकुद नै सबैभन्दा प्रभावकारी माध्यम हो," सभा सदस्य मन्सुरीले भने, "त्यसैले खेलमैदानको विकास र स्तरोन्नतिको लागि म निरन्तर पहल गर्नेछु।">
>
प्रदेश सरकारबाट आवश्यक बजेट व्यवस्थापन गरी स्तरीय खेलमैदान बनाउने योजना रहेको समेत मन्सुरीले जानकारी गराएका छन्।>
>
यसै अवसरमा स्थानीय युवाहरुले समेत खेलमैदानको अभावका कारण खेलकुद गतिविधि प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएको गुनासो राखेका थिए। सभा सदस्य मन्सुरीले उनीहरुको मागलाई सम्बोधन गर्दै निकट भविष्यमा खेलकुद पूर्वाधारमा उल्लेखनीय काम गरिने आश्वासन दिएका छन्।>
>