मोरङ- जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका झापा दमकका एक थुनुवा ब्यक्तिको मृत्यु भएको छ ।>
कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशीका अनुसार अभद्र ब्यवहार मुद्धाको अनुसन्धानका क्रममा रहेका दमक १ का पुण्यबहादुर श्रेष्ठको मृत्यु भएको हो ।>
>
२८ वर्षीय श्रेष्ठको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको उनले जानकारी दिए । श्रेष्ठलाई अभद्र व्यवहार मुद्दा चलाउन जेठ १५ गते म्याद थप गरेर प्रहरीले अनुसन्धान गर्दै आएको थियो ।>
हिरासतमा रहेको अवस्थामा ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बिहान करिब साढे ९ बजे उपचारका लागि अस्पताल पुराइएको थियो । प्रहरी प्रवक्ता जोशीले उपचारका क्रममा श्रेष्ठको विहान करिब साढे ११ बजे मृत्यु भएको अस्पतालका चिकित्सकले जानकारी गराएको बताए ।>
स्वास्थ्य समस्यामा रहेका श्रेष्ठलाई यसअघिपनि प्रहरीपनि उपचारका लागि अस्पताल पुराएको थियो । प्रहरीका अनुसार श्रेष्ठ लागु औषध सेवनकर्ता रहेका थिए । अपराधिक पृष्ठभूमिका श्रेष्ठ पारिवारिक सम्पर्कमा समेत रहेका थिएनन् ।>
प्रहरी प्रवक्ता जोशीले श्रेष्ठविरुद्ध यसअघि तीनपटक लागुऔषध ऐन र एकपटक अभद्र व्यवहारअन्तर्गतको मुद्दा चलेको थियो।>>