आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली यू–१९ टोलीलाई भव्य स्वागत गरिएको छ । बिहिवार साझ स्वदेश फर्किएको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।>
युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यू–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोलीलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो । एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो । त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ । >
नेपालले अब विश्वकप र एसिया कपमा भारत, पाकिस्तान, अष्ट्रेलिया जस्ता बलिया टिमसँग खेल्न पाउनेछ । नेपालले अब कम्तीमा पनि ५ ठूला खेल खेल्ने पक्का छ । समूह चरणमा एसिया कपमा दुई र विश्वकपमा तीन खेल हुनेछ । त्यसपछि अघिल्लो चरणमा पुग्न सके अझ खेल्न पाउनेछ ।एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ए मा छन् भने बंगलादेश, श्रीलंका र आयोजक मलेसिया समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् । यस्तै यू-१९ विश्वकपमा नेपाल समूह डी मा छ । यस समूहमा सिधै छनोट भएका अष्ट्रेलिया र बंगलादेशसहित युरोपियन छनोट जितेर आएको स्कटल्याण्ड छ । >
१६ टिमलाई चार समूहमा विभाजन गरेर विश्वकप खेलाइनेछ । हरेक समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् जहाँ १२ टिम हुनेछ र सुपर सिक्समा दुई समूहमा ६-६ टिम राखेर खेलाइनेछ । /नेपाल समूहमा शीर्ष तीनमा पर्न सके अझ खेल्ने अवसर पाउनेछ ।>
>>