रास्वपा सभापति लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित हुँदै

Jasus Khabar 3959+ समाचार ( )
२५ फाल्गुन २०८१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुँदैछन् । काठमाडौंबाट श्रीमती निकिता पौडेलसहित उनी पोखरा गएको लामिछानेको सचिवालयले जनाएको छ। 

पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। कात्तिक २ गते काठमाडौंबाट पक्राउ पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर पुस २५ मा छुटेका थिए । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।


त्यस्तै, लामिछानेको सचिवालयका अनुसार आज कास्की जिल्ला अदालतमा उपस्थित भइ उनी भोलि रूपन्देही जिल्ला अदालतमा तारिखका लागि उपस्थित हुने छन्।

प्रतिक्रिया