न्याय परिषद्को बैठक आज (आइतबार) बस्दै छ।>
आइतबार साँझ ५ बजे बस्नेगरी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बैठक बोलाएका हुन्।>
विदेश भ्रमणमा रहेका न्याय परिषद् सदस्य दामोदर खड्काको सहमति लिएर प्रधानन्यायाधीश राउतले केही निर्णय गर्न बैठक बोलाएका हुन्।>
प्रधानन्यायाधीश राउतले असार महिनाभित्रै ठूलो संख्यामा न्यायाधीश सरुवा गर्ने र उच्च अदालतमा केहीको नियुक्ति पनि गर्ने प्रयास गरेका थिए।
तर, सदस्यबीच कुरा नमिलेपछि बसेका बैठकहरु निष्कर्षविहीन भएका थिए।>
यसअघिका बैठकमा सर्वोच्च अदालतमा रिक्त एक न्यायाधीश नियुक्ति, उच्च र जिल्ला अदालतमा न्यायाधीश नियुक्तिको विषयमा सहमति जुट्न सकेको थिएन।>
प्रधानन्यायाधीश राउतले रिक्त न्यायाधीश नियुक्तिको प्रयास गरिरहेका छन्। तर सहमति जुट्न नसक्दा बैठक निष्कर्षविहीन बन्दै आएका छन्,>
>>