करेन्ट लागेर २९ वर्षीय युवकको मृत्यु, कर्णाली राजमार्ग अवरुद्ध

Jasus Khabar 3925+ समाचार ( )
२२ वैशाख २०८२

दैलेखको आठबिस नगरपालिकास्थित राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा २९ वर्षीय नगेन्द्र बहादुर माझी रहेका छन्।

विद्युत् कार्यालयको लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै सोमबार कर्णाली राजमार्ग अवरुद्ध गरिएको छ।

मृतकका आफन्तहरूले राजमार्ग अवरुद्ध गर्दा यातायातका साधनहरू राकममै रोकिएका छन्। पीडित पक्षसँग प्रहरीले छलफल गरिरहेको छ। पीडितहरूले उचित क्षतिपूर्तिको माग गरेका छन्।

प्रतिक्रिया