चलचित्र 'महाराजधिराज' मा कलाकार अनुबन्ध हुनेक्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माणपक्षले निरन्तरता दिएको छ ।>
नायिका वर्षा शिवाकोटीलाई निर्माणपक्षले बिहीबार अनुबन्ध गरेको छ । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माणपक्षले वर्षालाई अनुबन्ध गरेको हो ।>
यो लाइनअपसँगै निर्माणपक्षले चलचित्रमा स्टार कलाकारको बाहुल्यता रहने सन्देश दिएको छ । स्टार कलाकार अनुबन्ध गर्दै लाइनअप बलियो बनेको सिनेमाप्रतिको अपेक्षा पनि बढ्दै गएको छ ।>
यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ ।>
'महाराजधिराज' लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ुमहाराजधिराजु को पोस्टर यसअघि नै रिलिज भइसकेको छ।>
चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ । सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।>>