पार्टीको झण्डै २ करोड ठगेर भागेकाहरुलाई बाराका जनताले कारबाही गरे : सिके राउत

Jasus Khabar 3945+ समाचार ( )
३० आषाढ २०८२

 जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले निलम्बित पार्टीका संस्थापक ईन्जिनियर दीपक साहलगायतमाथि बाराका जनताले गरेको कालोमोसो प्रहार गरेर कारबाही गर्नुको कारण पार्टीको दुई करोड पैसा ठगेको भनेका छन् ।

आफ्नो फेशबुक पेजमा राउतले पार्टीको एक करोड ९० लाख हाकाहाकी लिएर भागेका दुई जना फरार ठगहरुलाई जनताले कारबाही गरेको भनेर लेखेका छन् । उनले भनेका छन्,‘११ जना सांसदहरुबाट ठगेको, बैंक भौचर प्रमाणसहित अदालतमा पेश गरेको, पार्टीको झण्डै दुई करोड रुपैयाँ ठगेर भागेका अभियुक्तहरुलाई बाराका जनताले कारबाही गरेका हुन् ।’


प्रतिक्रिया