नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बुधबारका लागि डाकिएको छ ।>
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार अपराह्न १ बजे सचिवालय बैठक डाकिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ ।>
एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।>
>>