प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा नेपाली सेनाको विमान प्रयोग गर्ने भएका छन्। नेपाली सेनाको यस विमानको लागि भारतीय पक्षसँग अनुमति लिने प्रक्रिया सुरु गरिएको छ।>
ओलीसहितको प्रतिनिधिमण्डलले सेनाको विमानमा काठमाडौंबाट भारतको बोधगया जाने छन्। >
प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीले भदौ ३१ गते भारतको दुई दिने भ्रमण गर्ने छन्। त्यस क्रममा दुई मुलुकका कार्यकारी प्रमुखबीच बोधगयामा भेटवार्ता हुने भएको हो।>
>
ओलीको भ्रमण कार्यतालिकाबारे छलफल गर्न भारतीय विदेश सचिव बिक्रम मिश्री आज (आइतबार) नेपाल आएका छन्। उनले भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेको बताइएको छ।>>