रौतहटको गरुडा नगरपालिका-१ स्थित श्री माध्यामिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साह निष्कासनमा परेका छन्। गत आइतबार १६ वर्षीया छात्रालाई मोबाइलमा 'ह्यापी बर्थडे मेरी जान' भन्दै सन्देश पठाएपछि विद्यालयले उनलाई हटाउने निर्णय गरेको हो।>
असार २९ गते वडाध्यक्ष राजेश कुमार सहनीको संयोजकत्वमा बसेको वडा समिति, स्थानीय अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको बैठकले यस्तो निर्णय गरेको विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष राजकुमार दासले बताए। >
विगत एक वर्षदेखि शिक्षक साहले यौनजन्य मनसाय राखी छात्रालाई मोबाइलमा सन्देश पठाउँदै आएको खुलासा अभिभावकको उजुरीले गरिदिएको छ।
>
४९ वर्षीय साहले कक्षा ७ सम्म अंग्रेजी र कक्षा ९ लाई सामाजिक विषय पढाउँदै आएका थिए । सन्देश सार्वजनिक भएपछि विद्यार्थी आक्रोशित बन्दै कुटपिट र तोडफोडमा उत्रिएपछि प्रहरीले शिक्षक शाहलाई सोही दिन पक्राउ गरेको थियो।
>
साहविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर कारबाही अघि बढाएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन कार्कीले बताए। >
एक स्थानीयका अनुसार साह यसअधि २०६२/६३ सालतिर पनि यस्तै किसिमको दुर्व्यवहारमा संलग्न भएका थिए र सामाजिक दण्ड भोगेका थिए। तर कानुनी कारबाही नभएकाले यस्तो व्यवहार दोहोरिएको आरोप लागेको छ।>
राहत कोटाका शिक्षक साह निमावि दरबन्दीका करार शिक्षक हुन्। शिक्षकको नियुक्ति प्रक्रिया कानुनसम्बत नभएर दिएको उजुरी आधारमा २०७२ मा अख्तियारले समेत बर्खास्त गरेका व्यक्ति हुन् साह।अभिभावक, समाजसेवी र विद्यार्थीहरुले शिक्षक साहलाई कडा कानुनी कारबाहीको माग गर्दै पीडित छात्राको मनोवैज्ञानिक सुरक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन्।
>
>>>>>