हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ। >
“हाम्रो भूमि, हाम्रो भविष्य” भन्ने मूल नारासहित दिवसको अवसरमा गोल्स फाउण्डेशनको आयोजनामा , बढिगंगा गाउँपालिका, लायन्स क्लब अफ टंकिसिनुवारी, र नेपाल हातेमालो मञ्चको सहकार्यमा बुढिगँगा गाउँपालिकाको वडा न.१ र २ मा सरसफाई प्रतियोगिता ,र्याली र विरुवा, तथा डस्विन वितरण गरेको हो ।
>
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुढिगँगा गाउँपालिका अध्यक्ष जीत नारायण थापा मगर, रहेको थियो । गोल्स फाउण्डेशनका अध्यक्ष श्री पुजा विश्वासकी अध्यक्षतामा सो कार्यक्रममा सम्पन्न भएको थियो।>
>
कार्यक्रममा जेभियर्स इंग्लिस बोर्डिङ स्कुल,नरग्राम नमुना मा.वि र जनप्रिय मा.वि का विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
>
सरसफाई कार्यक्रम टंकि चोकमा गरिएको थियो । भने र्याली टंकि चोक देखि गंगाचोक हुदै पुन टंकि चोकमा आएर सम्पन्न गरियो । प्रत्येक विद्यालयलाई ५ वटा विरुवा र २ वटा डस्विन वितरण गरेका छन् । >
कार्यक्रममा बोल्नुहुँदै विश्वासले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने धारणा राख्नुभयो ।
>>