लागु औषध र चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

Jasus Khabar 3945+ समाचार ( )
४ वैशाख २०८२

अजमल अन्सारी

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले लागु औषध र चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले रामधुनी नगरपालिका-३ बस्ने बर्ष २६ को करिया भन्ने सफरोज मियाँलाई पक्राउ गरेको हो । 


लागुओैषध र चोरी मुद्धामा तीन वर्ष अगाडि फरार रहेका मियालाई प्रहरीले घरबाटै बुधबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले मियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिनुभयो ।


प्रतिवादी मिया लागुओैषध र चोरी मुद्धामा तीनवर्ष अघिदेखि फरार रहेका थिए । लागुओैषध मुद्दामा अदालतको फैसला अनुसार मियाले ६० हजार जरिवाना वा १ बर्ष ७ महिना २६ दिन कैद सजाय भएको थियो । यसैगरी चोरी मुद्धामा अदालतको फैसला अनुसार मियाले ५ हजार वा चार महिना १३ दिन कैद जरिवाना भूक्तान वाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका मियालाई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया