पाकिस्तानद्वारा भारतका उत्तरी क्षेत्रका विभिन्न स्थानमा आक्रमण, जम्मुलगायत स्थानमा ‘ब्ल्याक आउट’

Jasus Khabar 3945+ समाचार ( )
२६ वैशाख २०८२

 पाकिस्तानले भारतका विभिन्न क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

गएराति जम्मू–कश्मीर, पन्जाब र राजस्थानका विभिन्न ठाउँहरूमा आक्रमण भएको समाचारहरूमा उल्लेख गरिएको छ।

पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू प्रहार गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन्। तर भारतीय पक्षले एस–४०० एअर डिफेन्स मिसाइल सिस्टमले ती सबै आक्रमण असफल बनाएको दाबी गरेको छ।

पाकिस्तानी ड्रोनले जम्मू विमानस्थल र पठानकोट एअरफोर्स स्टेसनलाई निशाना बनाएका छन्। भारत र पाकिस्तानबीच कश्मीरको आरएसपुरा सेक्टरमा गोली हानाहान पनि भइरहेको छ।

नियन्त्रण रेखा एलओसी नजिकै कुपवाडा र बारामुल्लामा पनि पाकिस्तानले गोलाबारी गरेको भारतीय पक्षको दाबी छ।

भारत प्रशासित कश्मीरको जम्मू शहरमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

जम्मूमा रहेको विमानस्थलमा विस्फोटहरू भएको तर क्षतिबारे कुनै विवरण सार्वजनिक नभएको खबरहरूमा उल्लेख गरिएको छ।

भारत–पाकिस्तान तनावबीच भारतका कयौं क्षेत्रमा ब्ल्याक आउट गरिएको छ। जम्मू–कश्मीरका जम्मू, उधमपुर, किश्तवाड, अखनूर, साम्बा, श्रीनगर र अनन्तनागमा ब्ल्याक आउट भएको छ।

प्रतिक्रिया