शुक्रबार बिहान सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा चर्काचर्की भएको छ ।>
समिति बैंठकमा श्रममन्त्री शरदसिंह भण्डारी र गृहमन्त्री रमेश लेखक अनुपस्थित भएको साथै दुई मन्त्रीका विषयमा छानबिन हुनुपर्ने विषयमा चर्काचर्की भएको हो ।>
समिति सभापति अब्दुल खानले विषयवस्तुमाथि प्रष्ट पारेर सांसदहरुको धारणा माग गर्ने सिलसिलामा प्रतिपक्षी दलका सांसदहरुले विषयान्तर गर्दै टेबल ठोकेका थिए ।>>