अस्पतालका सेवा निरन्तर सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Jasus Khabar 3925+ समाचार ( )
१२ अशोज २०८२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिँदै गरेका वडादशैं, नेपाल सम्बत, तिहार र छठ पर्वका लामो विदाका दिनहरूमा पनि अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लामो बिदाका कारण बिरामीहरूलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति र स्रोत साधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।

उक्त निर्देशन अनुसार अत्यावश्यक सेवा, आकस्मिक उपचार र शल्यक्रिया जस्ता सेवा भने सधैंझैं निरन्तर सञ्चालन हुनेछन् । भदौ २३ र २४ गतेका दिन प्रदर्शनका क्रममा घाइते भई उपचाररत रहेका सबैको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै मन्त्रालयले त्यस क्रममा स्वास्थ्य संस्थाहरूले पु¥याएको योगदानप्रति आभार प्रकट गरेको छ ।

साथै, आगामी चाडपर्वका समयमा समेत अस्पतालहरूले निरन्तर सेवा प्रवाह गर्नेमा मन्त्रालयले विश्वास व्यक्त गरेको छ । मन्त्रालयले यस कार्यान्वयनमा सबै सरोकारवालाको सहयोग अपेक्षा गरेको जनाएको छ ।


प्रतिक्रिया