हेटौडा : मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ सडकखण्डमा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित सडकमा काठमाडौंबाट हेटौडा आउँदै गरेको बा प्र ०१-००६ ख ७०७२ नम्बरको इभी गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुने दुवैजना महिला हुन्।>
>>>>>