पाकिस्तानमा बसबाट निकालेर ९ जना यात्रुलाई गोली हानी हत्या

Jasus Khabar 3925+ समाचार ( )
२७ आषाढ २०८२

 पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पञ्चाबका ९ जना यात्रुहरूलाई बसबाट तानेर हत्या गरेका छन्। अज्ञात बन्दुकधारी समूहले बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेको बसका यात्रुलाई ओरालेर गोलि हानेको थियो।

बीबीसी उर्दूका अनुसार झोबका सहायक आयुक्त नवीद आलमले ९ यात्रुको मृत्यु भएको पुष्टि गरेका छन्। उनले मृतकको शव पञ्जाब पठाउने व्यवस्था भइरहेको बताएका छन्।

यात्रुहरूलाई बसबाट ओरालेर मारिएको घटना अज्ञात बन्दुकधारीहरूले घेरेको क्षेत्रमा भएको थियो। यसैबीच, बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिदले एक विज्ञप्ति जारी गर्दै भनेका छन् आतंककारीहरूले कलात, मास्तुङ र झोबमा आक्रमण गरेका छन्।'

उनले भने, "सुरक्षा बलले तीनै ठाउँमा तुरुन्तै कारबाही गर्यो। हामी जनताको सुरक्षाको लागि पूर्ण रूपमा सतर्क अवस्थामा छौं। '

प्रतिक्रिया