अनिश्चितकालका लागि राहदानी वितरण बन्द

Jasus Khabar 1+ समाचार ( )
१९ पौष २०७९

राहदानी वितरण बन्द भएको छ। अनिश्चितकालका लागि राहदानी वितरण बन्द भएको जनाइएको छ ।

विभागको सिस्टममा समस्या आएकाले आवेदनको अवस्था हेर्ने र राहदानी वितरण कार्य अवरुद्ध भएको राहदानी बिभागकी निर्देशक दुरपदा सापकोटाले जारी गरेको सूचनामा उल्लेख छ।

१७ पुसदेखि विभागको सिस्टममा समस्या आएको सूचनामा उल्लेख छ। सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भन्दै विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन सेवाग्राहीलाई आग्रह गरेको छ।

यद्यपि, राहदानी आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’ बुक गरेका सेवाग्राहीलाई भने तोकिएकै मितिमा बायोमेट्रिकका लागि उपस्थित हुन सूचनामा आग्रह गरिएको छ।


प्रतिक्रिया