मधेश प्रदेशको सप्तरी राजविराजस्थित रहेको समाजिक विकास ईकाइ कार्यालयमा जनमत पार्टीका नेता महेश प्रसाद यादवले ताला लगाएका छन् । >
जनमत पार्टीका सँसदीय दलको नेता एवम् पूर्व शिक्षा मन्त्री समेत रहेका यादवले इकाई कार्यालयका हाकिम सुशिल कुमार झाले प्रदेश सरकारको योजनाको चिठ्ठी बेच्न लागेछि तालाबन्दी गरेको जनाएका छन् । कार्यालयमा तालाबन्दी भएपछि विगत एक सातादेखि कार्यालय खुल्न सकेको छैनन् । योजनाका चिठीहरु कर्यालय प्रमुखले वडा कार्यालयमा नपठाएर पछिल्लो एक महिनादेखि बाटोमै घुमाउदै आएपछि कार्यालयमा तालाबन्दी गरेको नेता यादले जनाए । कार्यालय प्रमुख झासँग कुरा गर्न जाँदा भेट्न नचाहने, चिठी अनधिकृत व्यक्तिलाई दिने र प्रदेश सभा सदस्यलाई बदनाम गराउने कार्य भएपछि ताला लगाएको बताए । >
‘चिठी वडा कार्यालयमा नगइरहेको विषयमा पटक–पटक भेटन जाँदा कार्यालय प्रमुख झा कुरा गर्न चाहेनन्’, उनी थप्छन्, ‘प्रमुख जिल्ला अधिकारीलाई पनि बोलाउँदा नआएपछि बाध्य भएर ताला लगाएको हुँ ।’– उनले भने । >
सरकारी कार्यालयमा ताला लगाइदिएपछि पूर्वमन्त्री यादवले चाबी प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाउन खोजेका थिए । तर सरकारी कार्यालय बन्द गरेर साँचो बुझ्नुपर्ने काम आफ्नो नभएको बताउँदै प्रजिअ दाहालले अस्वीकार गरेपछि यादवले कार्यालयमा लगाएको तालाको साँचो आफैं लिएर गएका छन् ।कार्यालयमा प्रदेश सभा सदस्यले नै ताला लगाउँदा ६ दिनदेखि कार्यालय बन्द छ । कार्यालय बन्द हुँदा योजनाका चिठीहरु वडा कार्यालयमा पठाउन रोकिएको छ भने कार्यालयको कामसमेत ठप्प छ ।>
>
यता, कार्यालय प्रमुख झाले भने जनमतका कार्यकर्ताहरुलाई योजनाको चिठ्ठी नदिएको झोँकमा तालाबन्दी गरेको बताएका छन् । कार्यकर्ताहरुसहित पूर्वमन्त्री यादवले गत शुक्रबार इकाई कार्यालयमा तालाबन्दी गरेको कार्यालय प्रमुख झाले बताए । झा सप्तरी र सर्लाही दुईवटा जिल्लाको सामाजिक विकास इकाई कार्यालयको प्रमुख छन् ।>
>
सामाजिक विकास इकाई कार्यालय मधेश प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तर्गत पर्छ । सरकारका विकास योजनाहरु यो कार्यालयमार्फत सञ्चालन हुँदै आएका छन् ।>
‘केही दिनदेखि पूर्वमन्त्रीजीका कार्यकर्ताहरु योजनाको सूची बनाएर उपभोक्ता समिति गठनबारेको चिठी माग्न आए,’ इकाई प्रमुख झाले भने, ‘चिठी सिधा वडा कार्यालयमा जाने बताइएपछि पूर्वमन्त्रीजी आफैं आएर कार्यालयमा ताला लगाउनुभयो ।’>
प्रदेश सरकारबाट आएका योजनाहरुको उपभोक्ता समिति बनाउने बारेको पत्र आफूहरु सिधा वडा कार्यालयमा पठाउने गरेको इकाई प्रमुख झाको दाबी छ । ‘हामीले कुनै व्यक्तिलाई चिठी दिन मिल्दैन्’, उनले भने, ‘मन्त्रीजीका कार्यकर्ता चिठी माग्न आएका थिए, हामीले व्यक्तिलाई दिन नमिल्ने भन्दै वडामा पडाउने भनेपछि ताला लगाइयो ।’>>