मध्यविन्दुमा सर्पको डसाइबाट एक महिलाको मृ*त्यु

Jasus Khabar 3959+ समाचार ( )
१२ आषाढ २०८२

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी

उपरीक्षक यादव ढकालका अनुसार, बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा डुम्रेलाई दाहिने खुट्टामा सर्पले डसेको थियो। उनलाई तत्काल उपचारका लागि कालीगण्डकी अस्पताल कावासोती लगिएकोमा सोही राति मृत्यु भएको हो। कुन प्रजातिको सर्पले डसेको हो भन्ने पहिचान हुन सकेको छैन। गर्मी मौसम सुरु भएसँगै जिल्लामा सर्पदंशका घटनाहरू बढ्न थालेका छ


प्रतिक्रिया