अजमल अन्सारी>
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–२ राम टोलमा एक पुरुषले पासो लगाई आत्महत्याको प्रयास गरेका छन्।>
बुधबार ५१ वर्षीय हरेराम रामले आफ्नै घरको सुत्ने कोठामा प्लास्टिकको डोरीको सहायताले बाँसको बलोमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन्।>
>
निजलाई सबैभन्दा पहिले आमाले झुण्डिएको अवस्थामा फेला पारिन्। तत्काल डोरी काटी उनलाई उपचारका लागि जिल्ला अस्पताल सुनसरी ईनरुवामा लगिएको र त्यहाँबाट थप उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।>
>
प्रहरीका अनुसार घाइतेको अवस्था गम्भीर रहेको र हाल बोल्न सक्ने स्थिति नरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ।>
>