पूर्वकाे मुटु इटहरी शहरकाे कान्छीचाैकस्थित ईदगाहको खुला मैदानमा पकली मर्कजकाे इलाका स्तरीय भेला सम्पन्न भयो। >
भेलाले इटहरीकाे पकलीस्थित करीब दुई सय वर्ष पुरानो इस्लामी धार्मिक धरोहरहरू मर्कजी मस्जिद, मर्कजी कब्रिस्तान र मर्कजी ईदगाहको संरक्षण तथा सम्वर्द्धन गर्न नयाँ कार्ययाेजना ल्याएकाे छ । भेलाले ईदगाह परिसरमा इस्लामी सांस्कृतिक केन्द्र स्थापना गर्न सरकारसँग माग राख्ने निर्णय गरेकाे छ । >
इलाकाका मुस्लिम समुदायकाे शैक्षिक अवस्थामा परिवर्तन ल्याउन सन् १९०३ देखि पकली, इस्लाह टोलमा सञ्चालनमा रहेको मद्रसा इस्लाहुल मुस्लिमीनलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा गम्भीर छलफल गरियो। भेलाले उक्त मद्रसामा आधुनिक पाठ्यक्रम अनुसारकाे आवासीय सुविधा समेतकाे कन्या सेक्सन (बनात) सञ्चालन गर्ने अभियानलाई सफल पार्न सबैले सहयाेग र समर्थन गर्ने र आ-आफ्ना घरका विद्यार्थी भर्ना गराउने, यस वर्षको जकात, फित्रा, सदका तथा अन्य सहयाेग सकभर मर्कजी मद्रसा इस्लाहुल मुस्लिमीनलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ ।>
भेलाले इलाकाका सबै एमामहरूबीच नियमित समन्वय कायम गरी इस्लामी शिक्षा र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने गतिविधि गर्ने तय गरेकाे छ ।>
त्यस्तै भेलाले मजरा सोहनपुरमा नयाँ मस्जिद निर्माणका लागि आवश्यक जग्गा खरीद गर्न इलाकाका समुदायबाट भरपूर आर्थिक सहयोग हुने कुरामा प्रतिबद्धता जनाऐकाे छ ।>
भेलाले पूर्व मन्त्री माेहम्मद जाकिर हुसैन, वडाध्यक्ष प्रभातकुमार आचार्य, डा. खालिद हुसेन, जफीर अहमद, माेहम्मद जिया हुसैन, अब्बास मन्सुरीलगायतलाई सल्लाहकार सभामा मनाेनयन गरेकाे छ ।>>
धेरै खुशीको कुरा हो! यसलाई हामी सबैले साथ दिनुपर्छ!