बाग्मतीले मधेस प्रदेशलाई दियो १९१ रनको लक्ष्य, जिसीले हाने अर्धशतक

Jasus Khabar 1+ समाचार ( )
२ माघ २०८०

 जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले मधेश प्रदेशलाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। प्रतिश जिसिले आक्रामक ब्याटिङ गर्दै अर्धशतक  पारि  खेलका छन्।  

मूलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको बागमती ४९ दशमलव २ ओभरमा अलआउट हुँदै १९० रनमा समेटियो । बागमतीका लागि प्रतिशले ५९ रनको अर्धशतकीय पारी खेले । ५५ बलको सामना गरेका उनले समान ४ छक्का र चौका हिर्काए ।

त्यस्तै रविन जोशीले २१ रन थपेको खेलमा इशान पाण्डेले १५, विपीन आचार्यले १३, रित गौतमले १२ र रिजन ढकालले ११ रन थपे । बागमतीले ३८ रन अतिरिक्तरुपमा पाएको छ ।

बलिङतर्फ मधेशका रुपेश सिंह र अरनिको यादवले समान २ तथा राजेश यादव, रञ्जित कुमार, पवन सर्राफ र कप्तान हरिशंकर साहले समान १ विकेट लिए । 

प्रतिक्रिया