विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा सुरु भएको छ । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार सुरु भएको हो । >
प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र मालदिभ्स सहभागी छन् । नेपालबाट चार पुरुष र चार महिला गरी ८ जनाले प्रतिस्पर्धा गर्नेछन् । >
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा समूह विजेताले आगामी वर्षको सेप्टेम्बरमा इंल्यान्डमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपमा स्थान पक्का गर्नेछ ।>>