ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका विवशको शव त्रिशूलीमा भेटियो

Jasus Khabar 1+ समाचार ( )
२१ चैत्र २०८०

बुवाको अन्तिम संस्कार गरेर फर्किने क्रममा ट्याक्सी दुर्घटना परेर वेपत्ता भएका गोरखा -७ पौवाखेतका १८ बर्षीय विवश रोकाको शव आज विहान त्रिशूली नदीमा भेटिएको छ ।

चैत १७ गते विहान चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ सिमलधारा भन्ने ठाउँबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा बिवस बेपत्ता भएका थिए भने  अन्य पाँच जनाको शव भेटिएको थियो । दुर्घटनामा परेर वेपत्ता भएको ५ दिन पछि शशस्त्र प्रहरीको खोजी टोलीले इच्छाकामना गाउँपालिका ६ कालीखोला नजिकै नदीमा पानीले शव घुमाइरहेको अवस्थामा बिवसको शव फेला पारेको हो । शव फेला परेपछि आफन्तहरुलाई बोलाएर सनाखत गरिएको प्रहरीले जनाएको छ ।

आफन्त तथा जनप्रतिनिधीहरुको रोहवरमा लास जाँच मुचुल्का गरेर प्रारम्भिक अनुसन्धान पुरा गरी  शव परीक्षणका लागि गोरखा पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया