आरसीबी फ्यान क्लब नेपालद्वारा आसिफ शेखलाई जर्सी प्रदान

Jasus Khabar 3945+ समाचार ( )
२३ श्रावण २०८२

इन्डियन प्रिमियर लिग (आईपीएल)को टोली रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)को नेपालस्थित आरसीबी फ्यान क्लबले नेपाली क्रिकेटर आसिफ शेखलाई जर्सी प्रदान गरेको छ। 

क्लबले उनलाई विराट कोहलीसहित आरसीबीका खेलाडीद्वारा हस्ताक्षर गरिएको आरसीबी जर्सी प्रदान गरेको हो।  

आरसीबी फ्रेन्चाइजबाट पठाइएको सो जर्सी क्लबले कृतज्ञता र प्रशंसा स्वरूप टोकन अफ अप्रिसिएसनका रूपमा हस्तान्तरण गरेको छ। 

आसिफ शेख आरसीबीका समर्थक हुन्। उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान हुन्। 


प्रतिक्रिया

सम्बन्धित समाचार