अमेरिकी चर्चित रेस्लर टेरी ब्रंकको निधन भएको छ । वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) का अनुसार उनको ६० वर्षको उमेरमा ११ मेमा निधन भएको हो । >
रिङमा साबुको नामले चिनिने उनी हार्डकोर म्याचका लागि प्रसिद्ध थिए । टेबल म्याच, ल्याडर म्याच र ड्रम्ड वायर म्याचका लागि साबु चर्चित थिए । >
उनले करिअरमा जितेका खेलहरूमध्ये जन्मस्थान डेट्राइटमा आयोजना भएको रेसलमेनिया २३ मा असी हजारभन्दा बढी दर्शकमाझ द स्यान्डमान, टोमी ड्रिमर र रोव भ्यान ड्यामसँगको खेल जितेका थिए । >>