नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ ।>
आइतबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा ६ सयले बढेर प्रतितोला १ लाख ३६ हजार २ सय पुगेको छ । यो हालसम्मकै उच्च हो । आज तेजाबी सुन पनि तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।>
यस दिन चाँदी प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
>>