ब्रिक्स देशहरूमाथि अतिरिक्त कर लगाउने ट्रम्पको चेतावनी

Jasus Khabar 3945+ समाचार ( )
२३ आषाढ २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्सका देशहरूमाथि अतिरिक्त कर लगाउने चेतावनी दिएका छन् । ब्रिक्सका देशहरूको अमेरिका विरोधी नीति रहेको ट्रम्पको दावी छ ।

उनले सोहीकारण ब्रिक्सको उक्त नीतिसँग जोडिने देशहरूमाथि अतिरिक्त १० प्रतिशत कर लगाउने चेतावनी दिएका हुन् । 'ब्रिक्सको अमेरिकाविरोधी नीतिमा जोडिने देशहरूमाथि अतिरिक्त १० प्रतिशत कर लगाइनेछ । यसमा कसैलाई पनि छुट दिइने छैन,' ट्रम्पले आफ्नो ट्रुथ सोसलमा लेखेका छन् ।

यद्यपि ट्रम्पले ब्रिक्सको अमेरिका विरोधी नीति भनेको के हो भन्ने चाहिँ खुलाएका छैनन् । साथै यसको सन्दर्भ पनि उल्लेख गरेका छैनन् ।

ब्रिक्सको गठन सन् २००९ मा भएको थियव । त्यसबेला ब्राजिल, रुस, भारत तथा चीन थिए । पछि दक्षिण अफ्रिका पनि यसमा सामेल भयो । अहिले इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरब, संयुक्त अरब इमिरेट तथा इन्डोनेसिया पनि यो समूहमा जोडिएका छन् ।

प्रतिक्रिया