यो ग्रन्थी पेटभित्र आमाशयको पछाडि ड्युडेनमको बायाँतिर सानो पातको आकारको हुन्छ । यसको आकार लाम्चो हुन्छ र ड्युडेनमतिर ठूलो र फियोतिर चुच्चो देखिन्छ । यो मिश्रित ग्रन्थी हो । यसले प्यान्क्रियाटिक रस उत्पन्न गरी प्यान्क्रियाटिक नलीबाट ड्युडेनममा पुर्याउँछ ।>
इन्डोक्राइन ग्रन्थीको (नलीविहीन ग्रन्थी) रूपबाट इन्सुलिन र ग्लुकागोन हर्मोन उत्पन्न गर्छ । जुन सिधै रगतसित मिसिन्छ । यी हर्मोन उत्पादन गर्ने कोषहरूको समूहलाई प्याङ्िक्र्याटिक आइसलेट भनिन्छ ।>
यस ग्रन्थीले निकाल्ने इन्सुलिन र ग्लुकागोनले विशेषगरी रगतमा ग्लुकोजको मात्रा ठीक रूपमा राख्दछ । इन्सुलिनले रगतमा ग्लुकोजको मात्रा घटाउँछ भने ग्लुकोजले रगतमा ग्लुकोजको मात्रा बढाउँछ । इन्सुलिनले ग्लुकोजलाई ग्लाइकोजिनमा परिणत गरी कलेजो र मांसपेशीमा जम्मा गर्छ । शरीरमा इन्सुलिनको मात्रा कम भयो वा इन्सुलिनले राम्रोसँग काम गर्न नसकेमा मानिसलाई मधुमेह रोग (डायबिटिज) लाग्छ ।>
>>>>>