- डा. सन्दुक रुइतले बारबरा फाउन्डेसनको हामी नेपाल संस्थासँग कुनै आर्थिक सम्बन्ध नरहेको जानकारी गराए।
- फाउन्डेसनले कोभिडका समयमा स्वास्थ्यकर्मी र खोजपत्रकारितामा सक्रिय ८७ व्यक्तिलाई पुरस्कृत गरेको छ।
- फाउन्डेसनको अधिकतम कोष नेपालीहरूकै दानबाट सञ्चालन भई ७ करोड ८२ लाख प्राप्त भएको उल्लेख छ।
>
काठमाडौँ– बारबरा फाउन्डेसनले हामी नेपाल संस्थालाई सहयोग गरेकोलगायत विषय बाहिरिएपछि फाउण्डेसनका प्रमुख डा. सन्दुक रुइतले ती सबै कुरा भ्रामक रहेको बताएका छन्।>
फाउण्डेसनले आइतबार कार्यालयमा गरेको पत्रकार सम्मेलनमा डा. रुइतले कोभिडका समयमा संस्थालाई बस्ने ठाउँ दिएकोबाहेक कुनै आर्थिक सहयोग नगरेको बताए।>
ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्>>>
>
अहिले जेन-जीको आन्दोलनसँग बारबरा फाउन्डेसनलाई जोडिएको विषयमा पनि रुइतले सबै भ्रामक भएको जानकारी गराए। ‘हामी नेपाल संस्थासँग हाम्रो (बारबरा) कुनै सम्बन्ध छैन। मैले नभेटेकै वर्षदिन भइसक्यो’, उनले भने।>
कोभिडका समयमा युवाहरूले गरेको कामको प्रशंसा गर्दै रुइतले त्यसबेला कार्यालयमा बस्ने ठाउँमात्र दिएको जानकारी गराए। ‘यस संस्था र यसका पदाधिकारीहरुको नाम जोडी हामी नेपाल नाम संस्थासँगको सम्बन्धबारे अनर्गल प्रचारसमेत भइरहेको छ। हामी नेपाल नेपालभरी छरिएका युवाहरू संगठन भएकोले कोभिड महामारीको बेलामा सहकार्य गरिएको हो। सो संस्था वा संस्थाका पदाधिकारीसँग हाम्रो कुनै पनि आर्थिक सम्बन्ध छैन’, जारी विज्ञप्तिमा पनि भनिएको छ।>
बारबराले आफ्नो उद्देश्य नेपालमा खोजपत्रकारिता पुरस्कार र वातावरण, प्रकृति, संस्कृति, सम्पदा संरक्षणका विषयमा फेलोसिप प्रदान गर्नु र टक सेरिज (अन्तरवार्ताका कार्यक्रम) सञ्चालन गर्ने रहेको बताएको छ।>
संस्थाले कोभिडका समयमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी र खोजमूलक पत्रकारिता गर्ने ८७ जनालाई पुस्कृत गरिसकेको जनाएको छ।>
फाउन्डेसन अमेरिकी नागरिक बारबरा एडम्सको नामबाट स्थापना भएको हो। उनी अमेरिकी भए पनि नेपाली नागरिक भएर यही देहत्याग गरेकी थिइन्।>
उनले नै आफूलाई फाउन्डेसन स्थापना गर्न भनेर र आफूहरू मिलेर संस्था स्थापना गरेको डा. रुइतले बताए। फाउण्डेसनले एडम्सको मृत्युपश्चात उनको सम्पतिबाट फाउनुपर्ने हालसम्म करिब २ करोड ८८ लाख प्राप्त गरेको छ।>
डा. रुइतले फाउन्डेसन अधिकतम कोष नेपालीहरूकै दानबाट चलेको पनि बताए। फाउन्डेसनले विगत ८ वर्षमा ब्याज आम्दानीलगायत कुल करिब रु ७ करोड ८२ लाख प्राप्त गरेको छ।>
जसमध्ये हालसम्म ३ करोड ६४ लाख खर्च भएको छ भने ३ करोड ९५ लाख बैंकमा मौज्दात रहेको फाउन्डेसनले जनाएको छ।>>>
>>
>>