भारतद्वारा इंग्ल्यान्डलाई ६ सय ७२ रनको लक्ष्य, गिल बने एकै टेस्टमा सर्वाधिक रन बनाउने भारतीय

Jasus Khabar 3959+ समाचार ( )
२२ आषाढ २०८२

इंग्ल्यान्ड र भारत बिच जारी ५ खेलको टेस्ट सिरिज अन्तर्गत दोस्रो टेस्टमा भारतले इंग्ल्यान्डलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ। बर्मिङ्घम टेस्टमा भारतले इंग्ल्यान्ड समक्ष जितका लागि ६ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

भारतका लागि कप्तान शुभमन गिलले दोस्रो इनिङमा पनि सानदार शतकीय इनिङ खेले। उनले १ सय ६१ रन बनाए। त्यसअघि उनले पहिलो इनिङमा २ सय ६९ रन बनाएका थिए। यो सँगै उनी एकै टेस्टमा ४ सय प्लस स्कोर बनाउने पहिलो भारतीय खेलाडी बनेका छन्। भारतले टेस्टको दुबै इनिङमा गरी कुल १०१४ रन बनाए। टेस्ट इतिहासमा भारतले एकै टेस्टमा १ हजार रनको आँकडा पुरा गरेको पहिलो पटक हो।

भारतका लागि गिल बाहेक केएल राहुलले ५५ रन बनाउँदा ऋषभ पन्तले ६५ तथा रविन्द्र जडेजाले ६९ रनको नटआउट इनिङ खेले। भारतले ६ विकेट गुमाएर ४२७ रन बनाएर समग्रमा ६ सय ८ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेको थियो।

चौंथो दिननै जवाफि इनिङ सुरु गरेको इंग्ल्यान्डले दिनको खेल सकिदा ३ विकेट गुमाएर ७२ रन बनाएको छ। अन्तिम दिन इंग्ल्यान्डलाई जितका लागि ५ सय ३६ रन आवश्यक छ। यस्तोमा खेल बराबरीका लागि इंग्ल्यान्ड पुरा दिन टिक्नु पर्ने जरुरी छ। दोस्रो इनिङमा इंग्ल्यान्डका बेन डकेट २५ रन बनाएर आउट हुँदा ज्याक कार्ली डकआउट भएका थिए। क्रिजमा ओली पप २४ र ह्यारि ब्रुक्स १५ रन बनाएर अविजित रहेका छन्।

प्रतिक्रिया