सहकारी ठगी गर्नेहरूको सम्पत्ति कब्जा गरेर सरकारले पीडितलाई रकम फिर्ता गराउँछ : रवि लामिछाने

Jasus Khabar 1+ समाचार ( )
१२ वैशाख २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी गर्नेहरूको सम्पत्ति कब्जा गरेर पीडितलाई बचत फिर्ता दिने प्रतिबद्धता जनाएका छन्।

इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यो समस्या समाधान गर्नको लागि चाँडै कानून ल्याउने तयारी भइरहेको बताए। उनले भने- आज सहकारी र लघुवित्तको समस्या आएको छ, यो राष्ट्रिय स्वतन्त्र पार्टी आएको डेढ वर्षमा जन्मिएको समस्या होइन। यिनले जन्माएको समस्या हो। यही समस्यालाई देखाएर जनतालाई झुक्क्याएर हामीलाई गलत तरिकाले व्याख्या गरेर आफ्नो राजनीतिको रोटी सेकाउने काम गरिरहेका छन्। उनीहरू व्यक्तिलाई आरोप लगाउँदै हिँड्छन् तर समाधान दिँदैनन्। हामी समाधानको उपाय लिएर आएका छौँ।

हिजो पनि हामीले समाधानको उपाय दिएका थियौँ आज पनि लागिरहेका छौँ। सरकारले चाँडै नै कानून बनाएर सहकारी ठगी गर्नेहरूको सम्पत्ति कब्जा गरेर त्यो बेचबिखन गरेर सम्पूर्ण पीडितहरूलाई दिने काम चाँडै गर्छौँ। उनले कांग्रेस सरकारमा हुँदा आफूलाई फसाउनेको लागि धेरै प्रयास गर्दा पनि कुनै प्रमाण नभेटेपछि मिडियाको प्रयोग गरेको दाबी गरे।


प्रतिक्रिया