हरिनगरमा मकै चोरी गर्ने युवक मोटरसाइकलसहित नियन्त्रणमा

Jasus Khabar 3925+ समाचार ( )
२१ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहामा एक युवकले मकै चोरी गर्ने क्रममा स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन्।


शनिबार राति करिब १० बजे रहमान मियाले बाटोमा सुकाउन राखेको मकै एक बोरा प्र. ०१–०२–०४४ प ३५५४ नम्बरको मोटरसाइकलमा राखेर चोर्न खोज्दा ईनरुवा नगरपालिका–१० जलपापुरका २२ वर्षीय अल्पान मन्सुरीलाई स्थानीयले रंगेहात समातेका हुन्।


घटना जानकारी पाउनासाथ प्रहरी चौकी सिसुवा धर्मपुरबाट प्रहरी नायब निरीक्षक महेश कुमार ढकालको नेतृत्वमा खटिएको प्रहरी टोलीले चोरी गर्ने युवक र मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया