सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालयले पशु चौपायाको हड्डीसहित चारवटा साइकल बरामद गरेको छ । मंगलबार बिहान ५ बजेतिर सशस्त्र प्रहरीको गस्ती टोलिले बाराको कलैया उप-महानगरपलिका १० निलकण्ठवा सिमा इलाकाबाट पशुको हड्डीसहित चारवटा साइकल बरामद गरेको मधेश प्रदेश प्रहरी कार्यालयका सशस्त्र मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए । >
सशस्त्र प्रहरिले विशेष सूचनाको आधारमा चारवटा साइकलमा लोडगरी नेपालबाट भारततर्फ लैजाँदै गरेको अन्दाजी १ हजार किलो पशु चौपायाको हड्डीको धूलो र साइकल बरामद गरी कानुनी प्रक्रिया अगाडि बढाइएको ढकालले जानकारी दिए ।>
प्रहरीको गाडी देख्ने वित्तिकै उनीहरू साइकल छोडेर फरार भएका थिए।>
यसैगरी पर्सा जिल्लाको बिरगन्ज महानगरपालिका- २ बाट ट्रामाडोल हाइड्रोक्लोराइडको ८१ हजार ४ सय ९० ट्याबलेट लागुऔषध बरामद गरेको छ । वीरगञ्जको भगुवा नाकामा नं.१३ गण पर्साबाट सशस्त्र प्रहरि नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलिले भारतबाट टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको ८१४९ ट्रामाडोल हाइड्रोक्लोराइड बरामद गरेको हो। लागुऔषध बोक्ने व्यक्ति प्रहरीलाई देख्ने वित्तिकै फरार भएका थिए। >>