भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवाले काठमाडौंमा

Jasus Khabar 3925+ समाचार ( )
१७ वैशाख २०८२

 भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाईवाले काठमाडौं आएका छन् । 

तीन दिनको नेपाल भ्रमणका लागि चौथाईवाले आज बिहान काठमाडौं आइपुगेका हुन् । नेपालमा रहँदा उनले राजनीतिक भेटवार्ता गर्ने बताइएको छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, मधेश केन्द्रित दलका नेतालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । चौथाईवाले शुक्रबार स्वदेश फर्किने छन् । 


प्रतिक्रिया