एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले आज भियतनामको सामना गर्दै छ।बिहीबारको खेल भियतनामको‘गो डौ’ रगंशलामा नेपाली समय अनुसार बेलुका ६ः१५ बजेबाट सुरु हुँदैछ। आज भियतनाम र नेपाल २२ वर्षपछि आमने– सामने हुन लागेका हुन्। >
नेपाल आज शतप्रतिशत जितको लक्ष्यकासाथ मैदान प्रवेश गर्नेछ। नेपालले सुरुवाती दुई चरणको खेलमा अङ्क जोड्न सकेका थिएन। नेपाल छनोटको पहिलो दुई खेलमा मलेसियासँग २–० र लाओससँग २–१ ले पराजित भएको थियो। >
>
भियतनाम फिफा वरियताको ९२औँ स्थानमा छ भने नेपाल १७५औँ स्थानमा छ।>>