सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा दमकलको अभावले स्थानीय बासिन्दाहरूको सुरक्षा थप जोखिममा परेको छ। गाउँपालिकामा आगलागीका घटनाहरू बढ्दै गए पनि कुनै प्रकारको आपतकालीन दमकल सेवा उपलब्ध नभएको स्थिति एकदमै चिन्ताजनक बनेको छ।>
गाउँपालिकामा दमकलको अभावले स्थानीय बासिन्दामा असहज र निराशा फैलाएको छ। नागरिकहरूले आपतकालीन अवस्थामा दमकल सेवा नपाउँदा उनीहरूको अस्तित्व र सम्पत्ति सुरक्षित राख्ने आशा समेत समाप्त भएको बताएका छन्।>
>
यद्यपि गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद मियाले विभिन्न योजनाहरू अघि बढाएको दाबी गरेका छन् । तर दमकलको अभाव र आपतकालीन व्यवस्थापनमा लापरवाहीले उनको नेतृत्वको असफलता स्पष्ट पारेको छ। गाउँपालिकाको नेतृत्वले स्थानीय जनताको सुरक्षा र भलाइलाई गम्भीरतासाथ नलिएको स्थानीयहरुको कथन छ ।>
>
गर्मीयाममा हावाहुरीका कारण आगलागीका घटनामा वृद्धि हुने र यस्तो अवस्थामा दमकलको अभावले आगलागी नियन्त्रणमा ढिलाइ र थप क्षति हुने सम्भावना बढाएको उनीहरूको भनाइ छ। यसले सम्पत्ति र जनधनको क्षति बढाउने खतरा निम्त्याएको बताउँछन् ।>
>
गाउँपालिकामा दमकलको अभावले आगलागी नियन्त्रणमा गम्भीर संकट सिर्जना भएको स्थानीय युवा नेता असफाक ओमरीले बताए । उनले गाउँपालिकामा आगलागीका घटनामा वृद्धि हुँदै गए पनि आपतकालीन अवस्थामा तत्कालै दमकलको उपलब्धता नहुँदा स्थानीय बासिन्दामा चिन्ता र असन्तुष्टि बढेको बताउनुभयो ।>
>
दमकलको अभावको कारण मात्रै होइन, नेतृत्वको लापरवाह र अक्षम कार्यशैलीले गाउँपालिकालाई अस्तित्वको संकटमा पुर्याएको छ । यस्तो अवस्थामा गाउँपालिकाले थप जनधनको क्षति रोक्न र स्थानीय नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न कुनै वास्तविक कदम उठाएको देखिँदैन।>
>