तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना छैन :कानुनमन्त्री गुरुङ

Jasus Khabar 1+ समाचार ( )
१७ माघ २०८०

कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । बुधबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले प्रधानमन्त्रीले मन्त्री फेर्ने बताए पनि अहिले परिवर्तन गरिहाल्ने परिस्थिति नभएको बताएका हुन् । 

मन्त्री गुरुङले राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशमा भएको भोटक्रसले गठबन्धनभित्र तरंग ल्याए पनि यसले खासै असर नपार्ने दाबी गरे ।

कोसी घटनाका विषयमा गठबन्धन दलभित्र गम्भीर समीक्षा सुरु भएको भन्दै उनले यो विषयको समाधान चाँडै हुने बताए । 

कांग्रेस उपसभापति समेत रहेका गुरुङले कांग्रेसका भ्रातृ संगठन भद्दा र ठूला बनेको भन्दै भीड बढाउँदैमा पार्टी बन्न नसक्ने बताए । 


प्रतिक्रिया

सम्बन्धित समाचार