अवैध बेटिङ मामिलामा शिखर धवनसँग ईडीको सोधपुछ

Jasus Khabar 3925+ समाचार ( )
१९ भाद्र २०८२

भारतीय पूर्वक्रिकेटर शिखर धवनलाई अवैध बेटिङ एपसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मामिलामा भारतको प्रवर्तन निर्देशनायलय (ईडी) ले सोधपुछका लागि बोलाएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, धवनलाई बिहीबार ईडीले सोधपुछका लागि बोलाएको हो । 

धवनले बिहीबार बिहान ११ बजे अदालतमा उपस्थित हुनुपर्नेछ । यो छानबिन उनको विगतमा सामाजिक सञ्जालमार्फत १xBet को प्रचारसँग सम्बन्धित छ । धवन अदालतमा उपस्थित भएपछि के हुन्छ भन्ने कुरामा चासोको विषय रहनेछ ।

धवनले सहयोग नगरे ईडीले अदालतमा छानबिनमा सहयोग नगरेको दाबी गर्न सक्छ । यसो हुँदा उनीविरुद्ध गैरजमानती पक्राउ आदेश जारी हुन सक्छ । यो छानबिनको क्रममा ईडीले उनको बयान लिनेछ । ३९ वर्षे पूर्व भारतीय क्रिकेटर धवन केही विज्ञापन प्रचारमार्फत वा एक्स बेटसँग जोडिएका थिए । 

प्रतिक्रिया