यस वर्षको मनसुन नेपालमा सरदर मितिभन्दा छिटो भित्रिने प्रारम्भिक संकेत देखिएको मौसमविदहरुले बताएका छन् । मनसुन भारतसम्म आइसकेको छ । >
केरलाबाट भारत भित्रिएको मनसुन उत्तरपूर्वी क्षेत्रसम्म फैलिएको छ । भारतमा सरदर मितिभन्दा दुई दिन अगाडि नै मनसुन भित्रिएको र उत्तरपूर्वी क्षेत्रमा फैलिइसकेकाले नेपालमा पनि छिटो मनसुन भित्रिने प्रारम्भिक संकेत देखिएको मौसमविदहरुको भनाइ छ ।>
यस वर्ष मनसुन छिटो नेपाल आएमा चर्को गर्मीबाट राहत मिल्ने छ । तर यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएकाले क्षति पनि बढी हुन सक्ने चिन्ता छ । त्यसैले विपद् विज्ञहरूले सम्भावित क्षतिबाट जोगिन सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।>>