आरआर क्याम्पसमा तोडफोड

Jasus Khabar 3945+ समाचार ( )
२२ वैशाख २०८२

आरआर क्याम्पसमा तोडफोड भएको छ। नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले क्याम्पसमा तोडफोड गरेको हो।

नेविसङ्घ कार्यकर्ताहरूले स्वतन्त्र विद्यार्थी युनियन (स्वविय) को नेतृत्व निर्वाचनबाटै चयन गर्नुपर्ने माग गर्दै तोडफोड गरेका हुन्। जबकि स्ववियु नेतृत्व सर्वसम्मत रूपमा भइसकेको छ। 

तोडफोडका क्रममा क्याम्पसका महत्त्वपूर्ण कागजात च्यातिएका छन्। यस्तै क्याम्पस प्रशासनका कुर्सी तथा ल्यापटपसमेत फ्याँकिएका छन्।

प्रतिक्रिया